काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन । प्रतिलिपि लिँदै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । उनले पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने र राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन। उनले भनिन्, ‘मैले नागरिकताको प्रतिलिपि निकालेको हो । २४ भदौमा सबै जले । यो दोस्रो पटक निकालेको प्रतिलिपि हो । तर चुनावी वातारण बनाउन सरकार लाग्नुपर्छ ।
पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’ जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो ।
प्रतिक्रिया