न्यूयोर्क । हिमालय सांस्कृतिक प्रतिष्ठान न्यूयोर्कको आयोजना र कवयित्री अनिता थापाको संयोजनमा क्वीन्सस्थित उडसाइड क्याफेमा १८ अक्टोबर शनिबार साँगीतिक कार्यक्रम गणेश यशोधा स्वर्णिम साँझ २०२५ मनाईएको छ ।
नेपाली सुगम संगीतका अनवरत साधक गणेश पराजुली र गायिका यशोधा पराजुलीको सामुहिक प्रस्तुति रहेको सांगीतिक महोललाई प्रतिष्ठानका संरक्षक र अध्यक्ष अभय ढुंगेलले संचालन र दर्शकश्रोतालाई स्वागत गर्दै सांगीतिक साँझ शुरु गरेको थियो ।

गायन तथा वाद्यवादकको लाइभ प्रस्तुति रहेको कार्यक्रम करिव ३ घण्टा दर्शकश्रोतालाई २५ भन्दा बढी प्रस्तुति दिएर श्रष्टाद्वयले कहिले रुवाउने र कहिले नचाउने पारेका थिए । तबलामा न्हुच्छे डंगोल, साउण्डमा राजेन्द्र राई, गिटारमा शिशिर श्रेष्ठ र हेमराज राई हार्मोनियममा गायक पराजुली स्वयम् रहेको कार्यक्रममा नवगायिका निर्जला पराजुलीले दुई प्रस्तुति दिएकी थिइन् ।
कलाकारद्वयले एकल तथा द्वयन गरि सामुहिक प्रस्तुति गरेको कार्यक्रमको शुरुवात सदावहार गीत ‘लाग्दछ मलाई रमाइलो’ बाट गरेका थिए । गायिका यशोधाले आफ्नै चर्चित गीत ‘दिन ढल्यो अँधेरी रातमा‘’ ले माहोल तताएको थियो भने रचनाकार अनिता थापाको ‘त्यो मुटुमा त मेरो आवाज पुग्दैन भने‘’ बोलको गीतले दर्शकश्रोतालाई भावुक बनाएको थियो ।
सुपरिचित गायक तथा संगीतकार गणेश र यशोदा दम्पत्तिले यसअघि पनि विभिन्न देशहरुमा रहेका नेपालीमाझ सांगीतिक प्रस्तुति दिँदै आएका छन् ।
प्रतिक्रिया