धनुषा । धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् । निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् । कुनै स्वास्थ्यकर्मीले अस्पताल प्रशासनलाई गुनासो गरेमा काम बाटै हटाउने जस्ता कार्य भएको उनीहरुको भनाई छ ।
विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए । तर ती ज्ञापन पत्र बुझाएर पनि समस्याहरुको कुनै समाधान नभएको भन्दै उनीहरु बिरोध गर्न बाध्य भएको जनाएका छन् । उनीहरुले आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया