सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुसल उद्धार

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

आज बिहान ७:५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनलाई सकुशल उद्धार गरिएको छ । अहिले उनलाई कैलास एयरको हेलिकप्टर मार्फत लुक्ला ल्याइसकिएको उनले जानकारी दिए । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन् । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया