डरलाग्दा कथानक चलचित्रको मानसिक असरबाट बचाउने थेरापी

राति फिल्म हेर्ने रहर कसलाई हुँदैन र ? धरै जसो मानिसहरु डिभिडीको सहायता लिन्छन् । दैनिकी २ घण्टा सिनेमा व्यतित गर्न यूवाहरुलाई खासै समय खेर फालेको जस्तो लाग्दैन । डरलाग्दा सिनेमा हेर्न समय खेर पनि जान्छ । दार्शनिक र मनोवैज्ञानिकहरुको तार्किक निश्कर्ष एउटै रहेको छ कि, डर किन मानिसको प्यारो भावना रहेको हुन्छ ?

त्रासले त मानसपटलमा असर पु¥याउनु पर्ने हो । हलिउडको “हलोइन” एक भयानक चलचित्रमा पर्छ । यस चलचित्रमा छायाङ्कन भएको दृश्य रगताम्य र बालबालिकाका हातमा काँडा उम्रने खालका छन् ।

भयानक चलचित्रमा झुक्याउने पटकथा हुने गर्दछ । डर, ओझेल र बाधा सवै यस्ता किसिमका चलचित्रको विशेषता हुने अनुसन्धानकर्ताहरुको छलफलको विषय रहेको छ । यस दशकको यो एक गुण रहेको उनीहरु बताउँछन् । डरलाग्दा सिनेमाले मानिसको चिन्तनमा ओझेल ल्याइदिने र कथाको अन्तमा तथ्य प्रमाणित हुने कारण मनोवैज्ञानिक रुपमा मानिस खुसी हुने बताइन्छ ।

सिनेमा हेर्दा छक्क पर्नुको कारण

एक बालक चलचित्रमा हुने जुक्तिको कारण प्रफुल्लित हुने गर्दछ । हजारौं वर्षका डरलाग्दा भूत, प्रेतका काहानी उसलाई मन पर्दछ । मानिसको चेतना र जनावरका भावना मिसिएका अचम्म लागेका चलचित्रका कथाहरु प्नि नगन्य रहेको विश्लेषण अन्वेषणकर्ताहरु वताउँछन् ।

मिश्रित जवाफ

मानिसको मष्तिस्कको स्नायु प्रणाली कसरी चलिरहेको भन्ने निष्कर्श जान्न जरुरी छ । मनोवैज्ञानिकहरु मानिसको आवेगसँग कथानक चलचित्रको विषयवस्तु सँग जाच्छन् । मानिसको मनले नयाँ कुराको आभास पाउँछ र मष्तिस्कले तुरुन्त यसको अन्त्यको आभास पाउँछ  । अहिले नयाँ नयाँ किसिमको भिडियो गेम पनि आएको छ नै । त्यहाँ डरलाग्दा सँगित पनि राखिन्छ नै !

डरलाग्दा कथानक चलचित्र हेर्ने बानी भएका मानिसमा समाजमा हुने त्यस्तै प्रकारका घटना परिघटना पाच्य हुने कारण कठिनताको समयमा उनीहरु जुझ्न सक्ने उनीहरु बताउँछन् ।

डरको थेरापी

चलचित्रले मनोवैज्ञानिक थेरापी हुने र डरलागेको समयमा यस किसिमका भावना काममा आउने बताइन्छ । मानिसको दैनिकीमा डरलाग्दा किताब पढ्ने नियमित वानी वसाउने र कथानक चलचित्रले मानिसलाइ फाइदा पु¥याउने बताइन्छ ।

चाहे जे होस फिल्म भनेको त सोफा वा सिनेमा हलमा बस्ने कथाको आनन्द लिँदै मध्यान्तरमा पपकन खाने र कथाको आनन्द लिने र मज्जा लिने नै हो नी, हैन र ? (स्रोतः विविसी डटकम)
 

प्रतिक्रिया