छठ लगत्तै गरिने भनिएको ‘निर्णायक आन्दोलन’को सुरक्षा रणनीति बनाउँदै सरकार

काठमाडौं । सबै पर्वहरु सकिएपछि निर्णायक आन्दोलन गरिने प्रचारलाई ध्यानमा राखेर अन्तरिम सरकारले सुरक्षा प्रवन्धको रणनीति बनाउन लागेको बुझिएको छ ।

जेन जी समूहको निर्णायक आन्दोलन गर्ने पूर्व घोषणा र हिजो शुक्रबार जेनजीकै एक समूहको सडक प्रर्दशनलाई समीक्षा गरेपछि सुरक्षाको पोख्त बन्दोबस्त आवश्यक देखिएकाले सरकार त्यसको तयारीमा लागेको गृह मन्त्रालय सूत्रले बताएको छ ।

आज प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सुरक्षा अवस्था र भावी तयारीबारेमा छलफल गरेकी छिन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा करिब २ घण्टा  भएको छलफलमा सुरक्षा अवस्थाबारे गम्भीर चर्चा र समीक्षा भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले चुनावको वातावरण, अहिलेको शान्ति तथा सुव्यवस्थाको विषयमा छलफल गरेको बताईएको छ । 
 
छठ पर्व सकिए लगत्तै एउटा समूहले निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको अवस्थामा कसरी अघि बढ्ने र कस्तो सुरक्षा रणनीति अपनाउने भनेर छलफल गरेको बताईएको छ ।
 

प्रतिक्रिया