वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

काठमाडौँ । न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।

राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ । निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ । उनलाई गलत तरिकाले नियुक्त गरिएको आरोप लागेकोप्रति खण्डन गर्दै निगमले अन्य चिकित्सकहरु सरह नै डा.अर्याललाई पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिईएकोे स्पष्ट पारेको हो।

निगमले आफ्नो संचालनको शुरुवाती दिनहरू देखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनिहरुका निकट परिवारका सदस्यहरूको  नि:शुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परीक्षण सेवा संचालनमा गर्दै आएको छ । उडान सेवालाई प्रभावकारी, विश्वसनीय र सुरक्षित गराउन नियमित स्वास्थ्य परिक्षण अनिवार्य रहेकाले यसलाई अन्यथा नलिन पनि निगमले सबैलाई अनुरोध गरेको छ ।
 

प्रतिक्रिया