सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ ।

जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ । अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले भोली गर्ने उनले बताए । अधिवेशन बाट नयाँ नेतृत्वकालागि हालसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव अकांक्षी रहेका छन्।
 

प्रतिक्रिया