बाजुरा । बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो ।
बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्। पाकेको बालीनाली भित्र्याउने समयमा बाँदरले सखाप पार्दा कृषकहरु चिन्तित बनेका छन्। खेतबारीमा लगाईएको कोदो,मकै,धान लगायतका बाली यतिवेला बाँदरहरुको झुण्डले सखाप पारेको हुन। खेतमा पाकेको कोदो,धान मकै बाली भित्र्याउने बेला बाँदरले सखाप पारेको बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय गणेश राज तिमिल्सिनाले बताए। उनका अनुसार बडीमालिकाको दुल्दुना,गुल्डुङ्ग्रा,खिरिडा,ढम्कने,मलेसैन,लगायत जिल्लाका ९ वटै स्थानीय तहका हिमाली तथा लेकाली भू–भागका बालीहरू बाँदर आतङ्क बाट प्रभावित बन्ने गरेको बताएका छन्।
यतिबेला धान,मकै,कोदो,बालीको मुख्य सिजन भएको र यस बालीमा आश्रित भएर वर्षभरिको खाद्यान्न जोहो हुने बेला बाँदरको आतङ्कले किसानहरूलाई ठूलो सङ्कटमा पारेको तिमिल्सिनाको भनाइ छ। बाँदरको आतंकबाट बालीनाली बचाउने कुनै उपाय नभएकोले सखाप हुने गरेको उनले बताए । खेतबारीमा लगाएको कोदो,धान मकै बाली पाकेर घरमा ल्याउने समयमै जंगली जनावरको आहार बन्ने गरेको हो। जतिसुकै बाँदर धपाउने कोसिस गरेपनि धपाउँन नसकिने अवस्था छ । यहाँका सबै कृषकहरुको पेशा कृषि रहेको छ जसबाट उनीहरुले जीविकोपार्जन गर्ने गरेको छन्।
बाँदरको सिङ्गो झुन्ड बारीमा पसेर अन्नबाली उखेल्न्,खाने नष्ट पार्ने, अर्ध पाकेको बालीनाली सखाप पारेर ठूलो नोक्सानी गर्ने गरेका छन्।कहिँकतै बाट बाँदर धपाउने सामाग्री उपलब्ध भएको खण्डमा सजिलो हुने कृषकहरुको भनाइ छ । बाजुरामा जतिसुकै बालीमा उत्पादन राम्रो हुँदै गए पनि बर्षेनी जंगली जनावर बाँदर बँदेल,स्याल र चराचुरुङ्गीले आफ्नो आहार बनाउने गरेका छन्। कहिले बाली कोराले, कहिले चराचुरुङ्गी कहिल्यै जंगली जनावर स्याल, बाँदरले खाने हुँदा यहाँका कृषक चिन्तित बन्ने गरेका छन्।
प्रतिक्रिया