हिन्दू धर्मले अफ्रिका निलेको होईन

270589963_614755406468030_9218993801055049712_n

सचेत हौं, जानौं जना बनौं, सुनेर पछिपछि लाग्ने बथानको भेडो नबनौं ।

कार्ल मार्क्सले क्रिश्चियन धर्मलाई अफिम भने । वास्तवमा धर्म भनेको पहिचान कायम रहने भएकोले अमृत हो । अझ जीवन नै हो । अफिम त हुँदै होईन । मार्क्सले त्यसो भन्नुको कारण त्यतिखेर युरोपमा लामो समयदेखि धर्मका नाममा क्याथोलिकहरूको वितण्डा र पोपहरूको ज्यादति, जनतालाई त्राही त्राही बनाई आर्थिक, चारीत्रिक ब्रम्हलुट गरेकाले हो । पुनर्जागरणपूर्व युरोपमा पादरी र चर्चले  शासक वर्गलाई समेत नतमस्तक बनाई पादरी र चर्चकै आलाप गाउँने निजी कर्मचारी जस्तै बनाएकाले मुख खोल्ने र सिधा आँखाले हेर्ने अवस्था थिएन । पोप भएको ठाउँमा एक्ली महिला जाँदा बलात्कार भएमा मुद्धा नलाग्ने कानुन थियो ।

शासकले भन्दा धर्मका नामले जनताको ढाड सेकाएको थियो । त्यो इतिहास र दृश्यले कार्ल मार्क्सलाई ततायो । त्यतिबेला क्रिश्चियन धर्मका मूल सिद्धान्तहरू त येशूसँगै मरिसकेका थिए । यस्ता गतिविधिले आर्थिक विभेद त थियो नै अझ साधारण जनताको जीउने मेलो नै हराएको थियो । “जे हुन्छ येशूको इच्छाले हुन्छ । पादरी र चर्चका विरुद्ध गरिने कामले नर्क पुर्याउँछ” भन्ने अन्धविश्वासले इतिहास, साहित्य, संस्कृति लगायतका पक्षहरू प्रकट हुन नै पाएनन् ।

अहिले नेपालमा यहि अन्धविश्वास चर्चले नेपालमा फैलाउन खोज्दैछन् । त्यतिबेला न त ज्ञानले श्वास फेर्न पाएको थियो, न त विज्ञानको गर्भाधान हुन सकेको थियो, न त विकासलाई पाइला टेक्न अवसर मिलेको थिया न त सभ्यताले उदाउन पाएको    थियो । यसलाई चित्रण गर्दै माक्र्सले क्रिश्चियन धर्मलाई अफिम भनेका हुन् । कार्ल मार्क्सको विरोध हिन्दू, बौद्ध, जैन, ताओ, कन्फुसियस, बोन, किरात धर्मसँग थिएन ।  

अहिले मार्क्सले अफिम भनेकै त्यही ख्रिस्चियन धर्मको आशीर्वाद लिएर नेपालका नयाँ अफिमेहरूले हिन्दू धर्मलाई अफिम मान्दैछन् । वेदको ज्ञान, सनातन धर्मको विज्ञान, ऋषिमुनिको अनुसन्धानलाई प्रमादवश कम्युनिष्टभिरुले अनुत्पादक र समूहविशेषको खेती सम्झन पुगे । युरोपलाई तात्कालिक अवस्थामा क्रिश्चियन धर्मले गलाएको थियो । चर्चले जनतालाई जर्जर बनाएको थियो । पोपहरुले अर्थतन्त्रलाई नै कब्जामा राखेका थिए । चीनको विकासमा त्यहाँको धर्म र संस्कृति अमृतसमान  थियो । 

अफ्रिकाको मेरुदण्ड भाँच्ने काम हिन्दू धर्मले गरेको थिएन । ख्रिश्चियन धर्मले मानिसलाई दास बनाएर बेचेको थियो । ख्रिश्चियन धर्म मान्ने राष्ट्रले उपनिवेशको जाँतोद्वारा संसारलाई पेलेको छ भन्ने जानकारी कार्ल मार्क्सलाई थियो । मार्क्सलाई मात्र होइन दुनियाँलाई नै जेरुशेलामबाट अफ्रिका पुगेको धर्म पो अफिम रहेछ भन्ने हेक्का हुन थालेको छ ।

क्रान्तिका नाममा चीनले पुराना धरोहरहरूलाई बल र बमले विनाश गर्याे । पछि होश खुल्यो र गल्ती सुधार गर्यो । चीनमा त्यहाँको कम्युनिष्ट सरकारले पनि धर्म र पुरातत्वको महत्वलाई प्राण सम्झेर थ्यानआनमन लगायतका पुराना राजदरबारहरू संरक्षण गर्दैछन् । कन्फुसियस, ताओ लगायतका धर्मलाई प्रचार गर्न थालेका छन् ।

नेपालमा माओवादीले जनयुद्धका नाममा संस्कृत भाषाका ग्रन्थ जलाए । संस्कृतिलाई पोले । संस्कारलाई डढाए । मठमन्दिरलाई तोडफोड र विद्वान्हरूलाई पनि धम्याउने काम गरे । अन्ततः पछिल्लो समय कम्युनिष्ट भनाउँदाका महानायकले नै भैँसी पुजे । सहायक महानायकले थर फेर्ने तयारी गरे । प्रधानमन्त्री बन्ने लोभमा मृतक आमाको किरिया नगरेको पापले उनी त हुन    पाएनन् । अझ उनकै साथी अर्का कमरेडको राजनीतिक जीवन पनि धरापमा पर्दै गएकोछ ।

बुबालाई जुत्ता, टाईसुटसहित दागबत्ती दिनेले खाली खुट्टामा छोरालाई दागबत्ती दिन पुगे । नेपालका कथित जनआन्दोलका नाममा हिँडदै गर्दा यिनै विदेशी दलालका छाउराहरूले कति निर्दोश जनता, गुरु, महात्माहरूको हत्या गरे त कति गाई काटेर खाए तर अहिले परिवारको उपचार्थ भारतीय गाईको गहुँत खुवाउँदै छन् । कोही तिनकै छाउरा पशुपतिमा सुनको जलहरी हाल्न हतारिएको पनि देखियो ।

नेपालमा अहिलेसम्म एकजना मात्र सच्चा कम्युनिष्ट जन्मिएको भए ती हुन् राजा महेन्द्र । उनको शासन मैले पनि राम्रोसँग हेर्न भोग्न पाएको छु । उनलाई यिनै विदेशी दलाल छाउराहरूले निरंकुश तानाशाह आदि नानाथरि कुराले गाली गरेर सरापेको पत्याएर सडकमा उफ्रने पनि हामी नै हौं, अझ पछुताएर भन्नू पर्दा मै हूँ । महेन्द्रले नै भूमिसुधार गरे, रजौटा उन्मूलन गरे, उद्योगधन्दा खोले, राजमार्ग खने, विदेशिएका प्रतिभालाई नेपाल भित्राए, त्रिभूवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय खोले । यो काम राजाको होइन कम्युनिष्टको काम हुनु पथ्र्यो । महेन्द्रको मृत्युसँगै नेपालमा कम्युनिष्ट अस्तायो अब कहिले उदाउँछ हेर्न बाँकी छ ।

नेपालमा फलेफूलेको नेपालको सनातन वैदिक हिन्दू धर्मले कसैलाई नोक्सान गरेन । धर्मलाई हतियार बनाएर कसैलाई उपनिवेश र दास बनाएन । सहयोगका नाममा कसैमाथि आफ्नो धर्म र संस्कृति लादेन । सबैलाई याद रहोस् नेपालको हिन्दू धर्मले अफ्रिकालाई निलेको होईन, अफ्रिकावासीको हुर्मत  लिएको पनि होईन । 

जोमो कन्याटाले भनेका थिए “जब इसाई मसिनरीहरू अफ्रिका आए त्यतिबेला उनीहरूसँग बाइबल थियो र हामीसँग जमिन । उनीहरूले हामीलाई आँखा चिम्लेर प्रार्थना गर्न लगाए । पछि आँखा खोल्दा हाम्रा हातमा बाइबल थियो, उनीहरूको हातमा जमिन ।

अहिले नेपालमा पनि विदेशी दलाल छाउराहरूको गतिविधि देख्दा यस्तै अभियान चल्दै छ कि भन्ने भान हुन्छ । अतः समयमा नै सचेत हौं, जानौं जना बनौं, सुनेर पछिपछि लाग्ने बथानको भेडो नबनौं । 

ख्रिश्चियन मसिनरिहरूले अफ्रिकाबासीलाई बेचे, बाँधे, अझ भनौँ पशुको स्थान पनि दिएनन् । अहिले नेपालमा पनि वैदेशिक रोजगारका नाममा जनता विदेशमा वेचिएकै हुन् र तिनले पठाएको रिमिट्यान्सका नाममा पैसा लिएर सरकारमा बस्ने केही व्यक्तिहरूले मोज गरेकै हुन् । नेपालमा पनि सबैले एक फेर ठण्डा दिमागले सोच्नु पर्ने वेला आएको छ । यस्तो शासन व्यवस्था छिटै अन्त हुनु आवस्यक छ ।

युरोप र अमेरिकाबाट शिक्षा र शान्तिका नाममा, विकासका नाममा, हकअधिकारका नाममा जे जे काम संसारमा भएका छन्, त्यसले आजसम्म कसैलाई राहत मिलेको छैन ।  त्यसैले अझ एक फेर सोचौ । सहयोग लिन अमेरिका किन कर गर्दैछ ? सचेत हौं, जानौं जना बनौं, सुनेर पछिपछि लाग्ने बथानको भेडो नबनौं । यो गरीब मुलुकका विभीषणहरूलाई किने, कतै लेखक, कतै मानवअधिकारकर्मी, कतै धर्मगुरुलाई खरिद गरी स्थानीय एवं परम्परागत धर्म, संस्कृति, भाषालाई मशानघाटमा पुर्याए । यो रोग निम्त्याउने धर्मलाई माक्र्सले अफिमको नाम दिएका हुन् । नेपालको सनातन वैदिक हिन्दू धर्मलाई होईन । 

त्यसवेला फ्रान्स, स्पेन, निदरल्याण्ड आदि देशमा पोपको अधिकार रक्षाका लागि इन्टविजीशन कोर्टको स्थापना गरिएको थियो । पोपको विरुद्ध कुनै गतिविधि गर्नेलाई यसले स्वतन्त्र रूपमा सजाय दिन सक्दथ्यो । स्पेनमा सन् १४८१ देखि सन् १७८१ सम्म ३१ हजार ९१२ जनालाई जिउँदै जलाउने निर्देशन पोपले दिएका थिए ।

यसको निर्णयबाट डराएर १७ हजार ६५९ भागेपछि उनीहरूको पुत्ला बनाएर जलाइयो । पोपकै निर्देशनमा २ लाख ९१ हजार ४५० जनालाई कारावासको सजाय दिइयो  । के यस्तो आतङ्क विश्वमा सनातन हिन्दू धर्म र धर्मगुरुहरूले गरेका छन् त ? यही त्रासलाई कार्ल मार्क्सले अफिमको उपमा दिएका हुन् । नेपालको सनातन वैदिक हिन्दू धर्मलाई होईन । सचेत हौं, जानौं जना बनौं, सुनेर पछिपछि लाग्ने बथानको भेडो नबनौं । सबैमा मंगल शुभ शान्ति फैलि रहोस् ।
 

प्रतिक्रिया