काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् ।
आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन् । अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरु पनि सहभागि थिए । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संस्थाहरु पनि जलेका थिए ।
प्रतिक्रिया