रवि नख्खु फर्किएकै भोलिपल्ट रास्वपाबाट बाहिरिईन् सुमना, अरु दलका युवा नेतालाई पनि आँट गर्न दिईन् सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएकै भोलिपल्ट त्यस पार्टीकी नेता सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। सुमनाले आज आइतबार आफूले पार्टी परित्याग गरेको रास्वपालाई जानकारी दिएकी हुन्।

सहकारीको वचन अपचनल सहित अनेक मुद्दामा जेल सजाय काटिरहेका सभापति लामिछाने भदौ २४ गतेको भिषण आगजनी र हिंसात्मक प्रदर्शनको आडमा कारागार प्रशासनलाई तर्साएर जबरजस्ती नख्ख कारागारबाट रिहा भएको भन्दै घर फर्किएका थिए । उनीसँग त्यस कारागारका कैयौं बन्दी पनि फरार भएको कारागार प्रशासनको भनाई छ । तर केही दिनमै थुनाबाट आफुखुशी बाहिर गएका कैदीबन्दीलाई आफैं फर्कन सूचित गरेपछि रास्वपा सभापति लामिछाने शानिबार आफ्नो जन्मदिनका दिन नख्खु कारागार फर्किएका थिए ।

लामिछानेको यो गतिविधिको सर्वत्र तिव्र निन्दा र आलोचना भैरहेको सन्दर्भ नेता सुमना श्रेष्ठले पार्टी नै परित्याग गरेको बुझ्न सकिन्छ ।

‘कहिलै गल्ती नस्विकार्ने ! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आइ क्विट, मैले पार्टी छोडेँ,’ उनले भनेकी छन्।

सुमनाको यी भनाईले पनि लामिछानेको कार्यले लज्जित तुल्याएपछि रास्वपामा बसिरहन नसकेको प्रष्ट हुन्छ । उनले नेपाली कांग्रेस, एमाले लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई पनि सोच्न आग्रह गरेकी छन्।

‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,’ सुमनाले स्पष्ट सुझाव दिएकी छन्।

प्रतिक्रिया