काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको छ । अहिलेसम्मको सुरक्षा अवस्था विश्लेषण गर्दा नागरिकको धनजनको सुरक्षाको लागि कर्फ्यू आदेश थप गर्नुपरेको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क कार्यालयले जनाएअनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । त्यसैगरी २६ गते बिहीबार बेलुकी ७ बजेदेखि २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू रहने सेनाले जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।
विज्ञप्तिमा यस्तो छ-
प्रतिक्रिया