काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा १५ वर्ष उमेर समूहको पुस्ता जेनजीले भोलि प्रदर्शन गर्ने भएको छ ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरुको समूह जेनजी पुस्ताले सोमबार काठमाडौंको माइतीघर मण्डलामा दर्शन गर्न लागेको हो । भोलि भदौ २३ गते बिहान ११ बजे प्रदर्शन गरेर सरकार र सरोकारवालाको ध्यानाकर्षण गराईनलागेको आयोजकको भनाई छ ।
विद्यार्थीको पोशाक लगाएर, परिचय पत्र, कम्तीमा एउटा किताब र ए फोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन सूचित गरिएको छ।
अरु सामाजीक सञ्जाल बन्द भएपछि अहिले यस अभियानबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ।
प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्।
साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आचोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहे पनि टिकटक र भाइबर भने सञ्चालनमा छन्।
प्रतिक्रिया