रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा हिन्दू नारीको महान् चाड हरितालिका तिजको रौनकताले झप्पकै छोपेको छ ।
अहिले गाउँ घर र शहर, बजारमा चहलपहल शुरु भइसकेको छ भने बजारमा किनमेल गर्नेहरूको भिडभाड उत्तिकै बढेको छ । तीजमा महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा रहेको देखिन्छ । विशेषगरी हिन्दू महिलाका माझ प्राचीन कालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति, वर्गमा पनि प्रसिद्ध बनेको छ ।तराई मधेशका पहाडी समुदायका महिलाहरुमा सिमित रहेको तीज पर्व पछिल्लो समय यहाका मधेशी समुदाय माझ पनि लोकप्रिय छ । मधेशमा रहेका पहाडी समुदायका महिलाहरु संगै उनिहरु पनि दरखाने र भक्तिपूर्वक उपवास बस्ने गर्दछन् ।
तीज पर्वको आफनै धार्मिक , मौलिकता र संस्कृति रहेकाले मनाउन थालिएको देवाही गोनाही नगर पालीका वडा न. ९ कि रेनुकुमारी गुप्ता बताइन् । यस पटक पनि तीजको व्रत बस्ने तयारी थालेको उनको भनाइ छ । तीजलाई सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने निकै रमाइलो र महत्वपूर्ण पर्वको रुपमा लिइन्छ ।अहिले गाउँ घरमा आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले तीजको उल्लास भित्रिसकेको देखाउँछ । गाउँमा सामूहिक रूपमा तीजको उत्सव मनाउने क्रम पनि बाक्लिन थालिसकेको छ । यहाका सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । चन्द्रपुरमा रहेको बिन्दावासीनी सहकारीले यहि भदौ ४ गते तीजको दर खाने र नाचगानको कार्यक्रम गरेको हो । यहाँ बितिय तथा अन्य सङ्घसंस्थाले पनि प्रत्येक बर्ष तिजको दर खाने र नाचगानको कार्यक्रम गर्दै आएको छ । यस बर्षका लागि केहिले दर खाने कार्यक्रम गरिसकेका छन भने धेरैजसोले मिति तोकेर तयारी थालेका हुन ।
प्रतिक्रिया