बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

काठमाडौं । बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ । 
 

प्रतिक्रिया