नौं किलो गाँजासहित थिङ पक्राउ

रौतहट । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नं. को मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।

मोटरसाइकल पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको दुई पोका पलास्टिकसहित ९ किलो ७५० ग्राम गाँजा फेला परेको डिएसपी रायले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो समयमा रौतहट  प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन ।
 

प्रतिक्रिया