काठमाडौं । दिक्तेल समाज काठमाडौंले आफ्नो स्थापनाको १६ औं वार्षिक उत्सव समारोहमा लाखे नाच प्रदर्शनी गरेको छ ।
आज बुधबार दिक्तेल समाज काठमाडौंले नेवा समुदायको कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले १६ औं वार्षिक उत्सव समारोहका साथै लाखे नाच प्रदर्शनी गरेको हो । खोटाङको सदरमुकाम दिक्तेलका नाममा स्थापना भएको दिक्तेल समाजले सरकारी सेवा, विभिन्न पेशा व्यवसाय र कर्मक्षेत्रमा क्रियाशील काठमाडौं निवासीलाई संगठित गरेर हरेक स्थापना दिवसमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । दिक्तेल समाजका संस्थापक तथा हाल संरक्षक रहेका वरिष्ठ समाजसेवी टंक बहादुर श्रेष्ठले दिक्तेलमा नेवा समुदायले परम्परादेखि मनाउँदै आएकै शैलीमा काठमाडौंमा पनि नेवा पर्वहरु मनाइदै आएको चर्चा गरे । दिक्तेल समाज केवल नेवार जातीको मात्र नभई जिल्लाका सबै जातजाती र धर्म परम्परामा विश्वास गर्ने समुदायको साझा संस्थाका रुपमा क्रियाशील रहेको चर्चा गर्दै संरक्षक श्रेष्ठले काठमाडौंका रैथाने नेवार समुदायले उपत्यकाको सांस्कृतिक परम्परालाई भव्य रुपमा मनाएको आफूले देख्न चाहेको पनि बताए ।
श्रष्ठले भने, ‘दिक्तेल समाज भनेको नेवा समुदायको नितान्त कला संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले दिक्तेल समाज काठमाडौंले लाखे नाच नचाइरहेका छौँ। दिक्तेलबाट काठमाडौं आएका करिब १२२ घर परिवार यहाँ छौं । हामी हाम्रो पूर्खाले जसरी दिक्तेलमा गरिरहनु भएको थियो त्यसरी नै यहाँ गरिरहेको छौं ।’ यस्तै पुख्र्यौली घर खोटाङ दिक्तेल भएकी कलाकार दिपाश्री निरौलाले सबैजना मिलेर नेपाली संस्कारलाई जोगाउनुपर्ने बताइन् ।
‘लाखे नाच परम्परा हो । यसलाई हामी सम्पूर्ण नेपालीहरुले जोगाएर राख्नुपर्छ । त्यसकारण अहिलेको पिढीले झन धेरै खोजिरहेका छन् । अहिलेको पिँढी यति चलाख हुुनुन्छ उहाँहरुले युटुवमा, गुगलमा खोजेर त्यही माध्यमबाट आफ्नो कला राखिरहनु भएको छ । अबको पिढीले परम्परा बिर्सिदैनन् । बिर्सिए भने पनि हामी झक्झकाउँछौं,’ उनले भनिन् । वार्षिकोत्सव कार्यक्रममा सांसद दीपेन्द्र श्रेष्ठ, प्रतिनिधिसभा सदस्य सरस्वती बजिमय, स्थानीय निकायका प्रतिनिधिहरु, भूमिविद् बुध्दिनारायण श्रेष्ठ र विभिन्न पेशा व्यवसायका व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया