३७ वर्षमा २३ हजार घण्टा आकाशमा बिताएका क्याप्टेनको अन्तिम उडान

काठमााडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट निवृत्त हुँदैछन् ।

Captain

सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरा गरि विहीबारदेखि अवकास लिन लागेका हुन् । निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन् ।

Captain 3

उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३ हजार घण्टाको उडान अनुभव सँगालिसकेका छन् । नेपालको उड्डयन क्षेत्रमा आफुले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा आफू उत्साहित पनि भएको उनले बताएका छन् ।

मलेसिया–काठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइलट सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन् ।
 

प्रतिक्रिया