वायू प्रदूषणले आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रभाव पारिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बढ्दो सवारी साधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण वायु प्रदूषण बढेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वायु प्रदूषणको न्यूनीकरणको विषयमा निर्णायक कदम नचाल्ने हो भने उपत्यकाको बस्न योग्य र दिगोपनलाई खतरामा पार्न सक्ने धारणा राखे ।उनले भने,‘सन् २०१२ मा बनेको र सन् २०१७ मा अध्यावधि गरेको पछिल्लो मास्टर प्लान यता यातायातको अवस्था निकै विग्रिएको छ । बढ्दो सवारी साधन र अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाई र वायू प्रदूषण बढेको छ । यस कारणले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ । यो ढिलो नै भइसकेको छ  । तर हामीले काम गर्नुछ । अहिलेपनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै विग्रने छ । जसले उपत्यका बस्न योग्य र दिगोपनलाई खतरामा पार्नेछ ।’ 
 

प्रतिक्रिया