मध्यपहाडी लोकमार्गको सडक भासियो, भासिएको भाग माटोले छोपेको आरोप

रामेछाप । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक भासिएको छ । 

च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो । निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ । धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे । सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पुर्याएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधान हुने जानकारी दिए । 

‘माथिबाट पानी आएर सडकको केही भाग भासिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’, उनले भने ।

प्रतिक्रिया