बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

रामेछाप । मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।

काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सार्वजनिक र निजी दुवै खालका सवारीसाधन अब रातको समयमा चल्न पाउने छैनन् । मनसुन सक्रिय भइरहेका बेला असुरक्षित सडक खण्डमा दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको ५ । 

गएको वर्ष असोजमा परेको पानीले आएको बाढी र पहिरोका कारण बिपी राजमार्गको  रोशीखोला क्षेत्रमा ठुलो क्षति भएको छ । सो स्थानमा अस्थायी सडक निर्माण गरी यातायात साधन सञ्चालन गरिएको छ । चौकी डाँडादेखि नेपालथोकसम्मको सडक खण्डमा ठुलो क्षति पुगेको छ। बिपी राजमार्गमा काठमाडौंबाट पूर्व आउने दैनिक सयौँ गाडीहरू सञ्चालनमा रहने गर्छन्।
 

प्रतिक्रिया