‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा उनले नेपालमा देशलाई आवश्यक जनशक्ति र जनसंख्या भएपनि त्यसको व्यवस्थापन राम्रो नभएको बताए । यस्तै, उनले अहिले ४० कटेपछि रमाउला भन्ने मान्यतामा युवाहरु हिडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए । 

उनले भने, ‘देशमा जनसंख्या हुनुपर्छ । देशलाई पुग्ने जनसंख्या चाहियो । देशमा पुग्ने जनसंख्या छ तर त्यसको व्यवस्थापन अझै हुन सकेको छैन् । युवाहरु के गीत गाउछन् भने ‘४० कटेपछि रमाउला’..४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जान्छ, अनि रमाएर हुन्छ । त्यसकारण २० पछि बिहे गरेर सन्तान जन्माउनुपर्छ भन्ने कुरामा प्रेरित गर्नुपर्छ । मान्छेहरु हाँसोमा उडाउछन् तर यो गम्भीर कुरा हो । प्रजनन् क्षमता बढि भएको बेला सन्तान जन्माएर हुर्काउनुपर्छ । त्यसपछि ढुक्कले काम गर्न पाइन्छ । परिवार भनेको संयुक्त हुनुपर्छ । आमा–बुबा छोरा भनेर त जनावरको पनि हुन्छ ।’ साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।

जीवनभर राम्रो काम गर्ने हो भने राम्रो भइन्छ तर एक दिन नराम्रो काम गर्यो भने त्यो मान्छे खराब भइहाल्छ भन्दै यस्तो अवस्थामा नेपाली नराम्रा कामबाट बच्दै हिड्नुपर्ने पनि उनको सुझाव छ । 
 

प्रतिक्रिया