काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो । विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख । यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया