‘सरोकारवालाको कुरा मिल्नुपर्यो, विद्यालय शिक्षा विधेयक १० मिनेटमै पास हुन्छ, प्रतिवेदन तयार छ’ सभापति थापा

काठमाडौं । अत्यधिक बहस भैरहेको विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट अघि बढ्ला कि यत्तिकै अल्झेर बस्ला भन्ने कुरा अझै स्पष्ट हुनसकेको छैन । यता समिति प्रतिवेदन तयार गरेर सरकारको प्रतिक्षामा छ भने सरकारले सरोकारवाला नेपाल शिक्षक महासंघसँग सम्वाद गरेर गाँठो फुकाउन सकिरहेको छैन ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले दृश्यटिभीसँग कुरा गर्दै सरोकारवालासँग सम्वाद गरेर कुरा मिलाएर आए १० मिनेटमै विधेयक पास गर्न समिति तयार रहेको बताए । 

सभापति थापाले भने–‘ मैले त छलफल लक गरिसकें । सरकार र सरोकारवाला संस्थाबीच सम्वाद हुनुपर्यो, उनीहरुको कुरा मिल्नुपर्यो । मिलेर आएभने १० मिनेटमा विधेयक पास हुन्छ, प्रतिनिधिसभामा पठाउने प्रतिवेदन पनि तयार भैसकेको छ ।’

सरकारलाई दिएको पाँचदिने अल्टिमेटम सकिनैलागे पनि समितिको अर्को बैठक यही २९ गते बस्ने भएको छ । 

'१५ असारको वाचा टुट्यो, २६ असारको गुरुपूर्णिमा पनि रित्तै गयो, अब २९ असार भानुजयन्तिका दिन विद्यालय शिक्षा विधेयकले कस्तो मोड लिने हो, यसै भन्न नसकिने' समितिका एक सदस्यले बताए । 

 यो भिडियो पनि हेर्न नछुटाउनुहोला- https://youtu.be/hoG0A8d_v6I?si=fwalWb-lDD2XflgG

https://youtu.be/M8Ht5ZAVFm8?si=XuWTlSF0YFslelwe


 

प्रतिक्रिया