काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई 'हेम बहादुर मल्ल सम्मान २०८०' प्रदान गरिने भएको छ । आज विशेष समारोहबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले श्रेष्ठलाई सो सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
आज अपरान्ह् होटल सोल्टीमा यो सम्मान अर्पण कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
नेपाल जनप्रशासन संघद्वारा साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडको सौजन्यमा स्थापित हेम बहादुर मल्ल सम्मान विशिष्ट योगदान गरेका व्यक्तित्वलाई अर्पण गरिँदै आएको छ । नेपाल जनप्रशासन संघका अध्यक्ष कुटनीटिज्ञ मधुरमण आचार्य र साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले यो सम्मान कार्यक्रमलाई निरन्तरता दिन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको थाहा भएको छ ।
प्रतिक्रिया