भारी वर्षा र आकस्मिक बाढीपैरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव बढेर गएको छ । विज्ञहरुका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि यही सन्देश प्रवाह गरिरहेको छ ।

महाशाखाका अनुसार, आंशिकदेखि देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।

 शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित सामान्य देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना भने उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा सामान्य देखि मध्यम वर्षारहिमपातको सम्भावना छ ।

आज राति भने देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान महाशाखाको भनाई छ ।  

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

आकस्मिक रुपमा हुने वर्षापछि हुने भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सचेत गराईएको छ ।

प्रतिक्रिया