भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् ।

उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे । उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ कांग्रेसका मान्छेहरु पनि छन्, एमालेका मान्छेहरु पनि छन्, माओवादीका पनि छन् । समग्रमा भन्ने हो भने  नेपाली नागरिक बेचिएका छन् । तिनीहरुको छानविन गर्नुपर्छ ।’
उनका अनुसार भिजिट भिसामा विक्रीमा परेका मानिसहरू कुनै एक दलका मात्र नभएर नेपाली नागरिक बेचिएको बताए । 

शाहीले संसदमा कति संख्यामा को सांसद छन् भन्ने विषयभन्दा पनि उठाइएको मुद्दा जायज छ कि छैन भन्ने कुरालाई ध्यान दिन आग्रह गरे । उनले भने, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त  तपाईं  हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला । तर नेपाली जनताले यसको फैसला गर्छन्, जनतालाई के भन्ने ?’
 

प्रतिक्रिया