प्रधानमन्त्री ओली स्पेनिस फुटबल क्लव रियल म्याड्रिड जाने, वर्नावाउ रंगशाला पनि हेर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित फुटबल क्लव रियल म्याड्रिडका पदाधिकारीहरुसँग भेटेर साण्टियागो वर्नावाउ रंगशालाको अवलोकनसँगै सातदिने स्पेन भ्रमणको बीट मार्ने भएका छन् । 

आज विपक्षी दलहरुले विरोध गरिरहँदा प्रतिनिधिसभाको बैठकलाई रोष्ट्रमबाट सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको विवरण सुनाएका थिए ।   

प्रधानमन्त्रीको सातदिने यात्रामा उनीसँग २१ जना सदस्य साथमा हुनेछन् । तीमध्ये कति सरकारी र कति व्यक्तिगत हैसियतमा हुने भन्ने बारे प्रधानमन्त्रीले खुलाएनन् । 

Coliseum-GSVA-News-Real-Madrid-most-valuable-football-club

                                                   साण्टियागो वर्नावाउ रंगशाला

संयुक्त राष्ट्र संघको विकासको लागि वित्त शीर्षकको चौथो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ साढे ६ बजे स्पेनको सेभिया शहर जान लागेका हुन् ।

प्रधानमन्त्रीले यी विवरण सुनाउन रोष्ट्रमतिर बढ्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुले सदनमा उठेर विरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा सदनभित्रै विभिन्न शैलीमा विरोध जनाउँदै आएका छन् ।

प्रधानमन्त्रीको सम्वोधनलाई वाधारहित बनाउन सभामुख देवराज घिमिरेले आजै बिहान मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेले छलफल गरेका हुन् । 

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया