एसइई नतिजा आजै साँझ सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेसम्म सार्वजनिक गरिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ।  

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । 

एसइईको वेबसाइट, एनटीसी लगायत विविध माध्यमबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

कति थिए परीक्षार्थी ?

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

गत वर्ष एसईईमा १८६ जनाले जीपीए ४ ल्याएका थिए। ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका थिए। परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाएका थिए।

यस्तै, ५१.१४ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका थिए। बोर्डका अनुसार उक्त परीक्षामा ४ लाख ६४ हजार ७५८ जना सहभागी भएकामा २२१ जनाको परीक्षा रद्द गरिएको थियो।

पछिल्लो समय लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुँदै आएको छ। निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुन्छन्।

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुने व्यवस्था छ।

उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ। त्योभन्दा कम अङ्क ल्याउने ‘एनजी’ मा परेका हुन्। दुई विषयमा ‘एनजी’ ल्याएका विद्यार्थीले पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जानकारी दिएको छ।

बोर्डले २०७२ देखि लेटर ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्दै आएको छ। २०७८ मा निर्देशिका संशोधन गरेर ग्रडेड हुन वा माथिल्लो कक्षामा भर्ना हुनका लागि न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ।

नतिजा कहाँ हेर्ने ?  

SLC

प्रतिक्रिया