काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रचण्डले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था भएको भन्दै यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय भएको बताए । उनले भने, ‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदुर पश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।’
यस्तै, उनले पदाधिकारी नियुक्तिमा देखिएको अन्यौल र कार्यक्षमता अभाव दुःखद पक्ष भएको भन्दै अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया