काठमाडौं । विशेष अदालतले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान शुरु गरेको छ ।
विशेष अदालतका सदस्यहरु न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको २ नम्बर इजलासमा अहिले बयान भैरहेको छ ।
अध्यक्ष नेपाल आज बिहान अदालतमा उपस्थित भएका थिए ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा साढे १८ करोड भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दर्ता गरेको थियो । तत्कालीन प्रधानमन्त्री नेपाललाई नीतिगत निर्णयका आधारमा मुद्दा चलाइएको हो ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका काठमाडौंस्थित प्रतिनिधि शालिकराम सिंहसँगको व्यक्तिगत घनिष्ठताका कारण नेता नेपालले त्यो जग्गा उपलव्ध गराउन सहयोग गरेको बुझिएको छ । https://www.drishyatv.com/news/18121
प्रतिक्रिया