आचार्य चाणक्यका नीतिले मानव जीवन जिउने सही तरिका सिकाउँछ । सफल जीवन जिउन के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाणक्यले आफ्नो नीतिमा भनेका छन् । जुन मानव जीवनमा पूर्ण रुपमा लागु हुन्छन् । चाणक्य नीति पालना गर्दा जीवन सुख, शान्ति र तनाव मुक्त हुने विश्वास गरिन्छ । चाणक्यले जीवनमा सिक्नै पर्ने केही कुरा भनेका छन्, जुन यसप्रकार रहेका छन् ।
व्यक्तिगत जीवन आफैसँग राख्ने
आचार्य चाणक्यले भनेका छन्, हरेक मानिसले आफ्नो व्यक्तिगत जीवन आफैसँग राख्नुपर्ने बताएका छन् । व्यक्तिगत जीवनलाई सामाजिक बनाउन नहुने उनको सल्लाह छ । जो मानिसले व्यक्तिगत जीवनलाई सामाजिक बनाउँछ, त्यस्ता मानिसलाई पछि गएर समस्या पर्ने उनको भनाई छ ।
धैर्य रहने
चाणक्यले आफ्नो श्वलोकमा भनेका छन्, धैर्य अनिवार्य राख्नुपर्छ । जतिसुकै खराब परिस्थितिमा पनि धैर्य तोड्नु हुँदैन । परिस्थिति आफू प्रतिकुल हुँदा पनि धैर्य रहनुपर्ने चाणक्यको सल्लाह छ । कागले अन्तिमसम्म धैर्य राखेर बस्छ र अन्यमा मात्र हमला गर्छ त्यसपछि मात्र उसको पेट भरिन्छ ।
सधै सावधान रहने
चाणक्य भन्छन्, यदी तपाई ठूलो मानिस बन्नुछ भने सधै सावधान रहनुपर्छ । आफ्नो चारैतर्फ हेर्नुपर्छ र हरेक कुरा बुझ्नुपर्छ अनिमात्र आफ्नो अगाडी रहेको मानिसलाई पनि बुझ्न सकिन्छ ।
कसैप्रति भरोसा नगर्ने
मानिसले अधिकांश धोका र दुःख विश्वास गरेकै मानिसबाट पाउँछ । त्यसैले कसैमाथि पनि विश्वास गर्नु हुँदैन भन्ने चाणक्यको नीति छ । हामीले आफ्नो लागि नयाँ साथी र सम्बन्ध खोज्छौँ तर उनीहरुले धोका दिने गर्छन् । कागले कसैमाथि पनि विश्वास गर्दैन । उसले आफूमाथि भरोसा गर्छ र त्यही कारणले ऊ सफल हुन्छ । (चाणक्य नीतिबाट)
प्रतिक्रिया