'दुर्गम जिल्लामा ९ रुपैयाँमै नुन वितरण भइरहेको छ'

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् ।

बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपाल सरकारबाट दुर्गम जिल्लाहरुको लागि मात्र नुनको ढुवानी अनुदान दिएको बताएकी हुन् । ‘हामीले ढिके नुन, सिधे नुन, आयो नुन, जनशक्ति नुन, भानु नुन नेपाल सरकारबाट ढुवानी अनुदान प्राप्त दुर्गम जिल्लाहरुको लागि मात्रै भनेर वितरण गरिरहेका छौ । दुर्गम जिल्लामा नेपाल सरकारले ढुवानी अनुदान दिएको अवस्थामा नुनको भाउ प्रतिकेजी नौ रुपैयाँ कायम गरिएको छ । बाँकी साल्ट ट्रेडिङकै क्षती भईरहेको छ,’ उनले भनिन् ।

उनले नुनको गुणस्तर परिक्षणका लागि  भारत सरकारबाट तोकिएको मापदण्डमा प्रयोगशालाबाट परिक्षण गरी विक्री वितरण गर्ने गरिएको बताइन् । आजको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गरिएको छ । 
 

प्रतिक्रिया