उपप्रधानमन्त्री सिंह धोबिखोलाको निरीक्षणमा, अतिक्रमित जमीन खाली गरिने

काठमाडौं । उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले आज धोबिखोला करिडोरअन्तर्गत पर्ने भद्रकाली मन्दिर, बुढानिलकण्ठदेखि सात तल्ले कपनसम्मको वस्तुस्थितिबारे स्थलगत अवलोकन गरेका छन् ।

PMS 3

धोबिखोला स्वच्छ बनाउने, करिडोर व्यवस्थित गर्ने र सो क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन शहरी विकास मन्त्रालयले काम अघि बढाइरहेको सन्दर्भमा स्थलगत निरीक्षण गरी सम्बन्धित अधिकारीहरुलाई आवश्यक निर्देशन दिएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

उपत्यकाको महत्वपूर्ण नदी मानिएको धोबिखोला करिडोरमा बाटो निर्माण भएपछि यातायातको चाप बढेको र सार्वजनिक जमीन अतिक्रमणमा रहेकोमा त्यसलाई खाली गराई सार्वजनिक पार्क निर्माण गरी सौन्दर्यीकरण गर्न उपप्रधानमन्त्री सिंहले पर्याप्त बजेट समेत प्रवन्ध गराएका छन् । 

PMS1

शिवपुरी क्षेत्रबाट सुरु हुने धोबिखोला करिडोर थापाथली क्षेत्रमा पुगेर बाग्मतिमा समाहित हुन्छ । यो क्षेत्रमा कैयौं स्थानमा सडक, फुटपाथ र सार्वजनिक जमिन अतिक्रमण गरेर व्यक्तिले उपभोग गरेको पाईएको छ । स्थानीय बासिन्दाको निरन्तरको गुनासो पछि यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य रहेका मन्त्री सिंहले जनभावनाको कदर

PMS 4

गर्दै पर्याप्त बजेटको व्यवस्था गरी निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

PMS 2

यसै उदेश्यका लागि आज स्थलगत अवलोकन गरेको भन्दै मन्त्री सिंहले भनेका छन्- 'आज धोबिखोला करिडोरअन्तर्गत पर्ने भद्रकाली मन्दिर, बुढानिलकण्ठदेखि सात तल्ले कपनसम्मको वस्तुस्थितिबारे स्थलगत अवलोकन गरेँ । धोबिखोला स्वच्छ बनाउने, करिडोर व्यवस्थित गर्ने र सो क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन शहरी विकास मन्त्रालयले काम अघि बढाइरहेको छ।'


 

प्रतिक्रिया