काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । यस्तै बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया