काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’(पीपीए)को प्रावधान खारेजीको माग गर्दै आन्दोलनको लागि आन्तिम गृहकार्यमा रहेको बताएको छ ।
मंगलबार पत्रकारहरुसँगको छलफलमा इप्पानले यस्तो बताएको हो । बजेट तथा कार्यक्रम पारित गर्ने क्रममा ‘टेक एण्ड पे’ (पीपीए)को व्यवस्था हटाउने ऊर्जामन्त्री र अर्थमन्त्रीको प्रतिवद्धताको कारण आन्दोलन घोषणा गर्न बाँकी रहेको तर अर्थ मन्त्रीले संसदमा नहटाउने संकेत गरेपछि इप्पान आन्दोलनको आन्तरिक गृहकार्यमा रहेको बताएको हो । यदि ‘टेक एण्ड पे’ को प्रावधान लागू भएमा बैंक तथा वित्तिय संस्थाहरुले ‘टेक एण्ड पे’ को आधारमा गरिएको पीपीएमा वित्तिय व्यवस्थापन नगर्ने उर्जा उत्पादकहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले सर्भेक्षण र निर्माण अनुमतिपत्र लिएका तथा यसका लागि आवेदन दिएका करिब ३५० मेगावाटका आयोजना आरओआर आयोजनाको क्षमता १७११७ मेगावाटको निर्माण अनिश्चित भएको बताए । उनका अनुसार यो प्रावधानले १७११७ मेगावाटका आयोजनाका लागि हालसम्म भएको लगानी करिब ६६ अर्ब २२ करोड १४ लाख रुपैयाँ डुब्ने अवस्थामा छन् ।हालै विद्युत प्राधिकरणले सूचना जारी गरी पीपीएका लागि आवेदन दिएका ४९६५ मेगावाटका आयोजनाको पीपीए प्रभावित भएका छन् ।
प्रतिक्रिया