संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । 

सोमबार सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेका हुन् । यद्यपी, सभामुखले प्रतिपक्षी दल रास्वपा र राप्रपाको बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफलमा भाग लिन समय दिइरहेका छन् ।
 

प्रतिक्रिया