काठमाडौँ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल–मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।
प्रतिक्रिया