भारतको गुजरातमा एयर इन्डियाको जहाज उड्नैलाग्दा दुर्घटना, चालक दलसहित २४२ यात्रु सवार थिए

काठमाडौं । आज दिउँसो भारत गुजरातको अहमदाबाद विमानस्थल नजिकैको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। लण्डन जान उडेको सो विमानका चालक दल सहित सबै २४२ यात्रुको निधन भएको प्रहरीको भनाई छ ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो र आगो निभाउन दमकलहरू घटनास्थलमा पुगेका थिए, अग्नि नियन्त्रक अधिकृत जयेश खाडियाले पिटीआईसँग बताए । विमानस्थल नजिकैको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।

गुजरातको अहमदाबादमा एउटा ठूलो दुर्घटना भएको छ। बिहीबार दिउँसो करिब १:३० बजे एउटा विमान दुर्घटनाग्रस्त भएको हो। विमान दुर्घटनाग्रस्त हुँदा दुई किलोमिटर टाढासम्म धुवाँको मुस्लो देखिएको थियो।  

दुर्घटना हुनुभन्दा पहिले, पाइलटले मेडेमा फोन गरेका थिए। यसको अर्थ ठूलो खतरा हो। एटिसीले उनलाई सम्पर्क गर्ने प्रयास गर्‍यो, तर प्रतिक्रिया पाएन। विमानका पाइलट सुमित सबरवाल थिए भने सह पाइलट कुन्दर थिए। यी दुई पाइलटसँगै १० जनाको चालक दल थियो।

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको विषयमा डीजीसीएले एक विज्ञप्ति जारी गरेर पुष्टि गरेको छ।  
 दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ । उध्दार कार्य तिव्र गतिमा भैरहेको जनाईएको छ ।

प्रतिक्रिया