निर्यात व्यवसायी महासंघका पदाधिकारी सम्मानित

काठमाडौं । वीन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्यात व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई वधाई र सम्मान गरेको छ ।

Tara Basss

महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द घिमिरे, एसोसिएट उपाध्यक्ष शान्ता बासकोटा कोइराला र सचिव रेखा अर्याललाई बधाई दिदै उनीहरुको सम्मान गरेको हो ।

यही जेठ २५ मा संस्थाको सचिवालयमा आयोजित सम्मान कार्यक्रममा दुई संस्था बीच आपसी सहयोग र हितका विषयमा छलफल गरियो । साथै महासंघले वीनलाई सहयोग पुर्याउने सक्ने क्षेत्रहरूको बारेमा पनि छलफल भएको थियो । 

Tara Basss

यसैगरी भविष्यमा पनि महासंघले संस्थालाई निरन्तर सहयोग र महिला उद्यमशिलतालाई प्राथमिकतामा राखि कार्य गर्ने प्रतिवद्धता जनाईएको थियो ।

प्रतिक्रिया