टेलिकमकी प्रवन्ध निर्देशक सहित १८ जना विरुध्द भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक थिए। उनीविरूद्ध विभिन्न मुद्दामा भ्रष्टाचार गरेको आरोप लागिसकेको छ।

पहाडी सहितलाई नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप लागेको छ।

आरोपीसँग अख्तियारले ३३ करोड रुपैयाँ बिगो मागदाबी गरेको थाहा भएको छ।

प्रतिक्रिया