राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो ६ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्धढंगले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरुलाई विजयी गराउन सबै मतदातालाई आह्वान गरेको छ ।

271186478_480434476777478_2321648175119921031_n

प्रतिक्रिया