सरकारले पृथ्वी जयन्ती नमनाए राप्रपा विरोधमा उत्रने

काठमाडौं । राष्टि्रय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले पृथ्वी जयन्तीका दिन राषि्ट्रय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध सुरु गर्ने बताएका छन् ।

पुष २७ गते पृथ्वी जयन्तीलाई राषि्ट्रय एकता दिवसको रुपमा मनाइयोस् भन्ने हाम्रो माग छ । सरकारले सोही अनुरुप निर्णय गरे, पुष २७ गतेका दिन हामी खुशीयाली मनाउँछौं । सरकारले त्यसो गरेन भने त्यही दिनदेखि सरकारको विरुद्धमा हाम्रो कार्यक्रम सुरु गर्छौं, राप्रपा अध्यक्ष लिङदेनले आइतबार भने ।

लिङदेनले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाका लागि निर्वाचन र सडकको दुवै विकल्प एकसाथ संचालन गर्ने बताए । जुन बाटोबाट हाम्रो मान्यता चाँडो स्थापित हुन्छ सोही विकल्प हामी अघि सार्छौं, उनले भने ।

यस सन्दर्भमा समान विचारधारा भएका हामीहरु एक ठाउँ उभिन जरुरी भएको छ, राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले भने । पर्ख र हेरौं भन्ने हामीसँग समय छैन, हामीलाई त्यो छुट छैन ।

लिङदेनले भने, हामीले उठाइराखेको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा कसै व्यकि्तलाई मन्त्री, प्रधानमन्त्री बनाउने नभएर देशको स्थायित्वको लागि हो । हामी सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही पनि छैन ।

सो अवसरमा शाही शकि्त नेपालका अध्यक्ष मुनिन्द्र राजभण्डारीले भने, राजसंस्था र हिन्दुराष्ट्रको अभियान रानो बिनाको मौरी जस्तै थियो । तर, राप्रपाको महाधिवेशनपछि हामीले स्पष्ट नेतृत्व पाएका छौं । राप्रपाप्रति शाही शकि्त नेपालको पूर्ण साथ, सहयोग र समर्थन रहने छ ।

राप्रपाका नेता सगुन सुन्दर लावतीका अनुसार, समान विचारधारा भएका समूह र शकि्तहरु एकजुट हुनुपर्छ भन्ने लक्ष्य छ । यसै मान्यता अनुरुप, पृथ्वी जयन्तीका दिन पार्टीले समान विचारधारा भएका समूह र शकि्तहरुसँग सहकार्य गर्नेछ, लावतीले भने ।

प्रतिक्रिया