जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन् । 

मंगलबार वा ५ च २२०९ को जीपमार्फत पिलुचौरबाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जीप चालक कर्ण महत र बाजुरा, बडिमालिका नगरपालिका ढम्कनेका रबिन्द्र धामी रहेका छन् । 

घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ बर्षिय नन्द तिरूवा र अन्दाजि २२ बर्षिय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाइ कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ । 
 

प्रतिक्रिया