भारत, हङकङ र सिंगापुरमा कोरोना संक्रमण बढ्दो

काठमाडौं । नेपालको छिमेकी भारत र मित्र राष्ट हङकङ र सिंगापुरमा कोरोनाको प्रभाव बढ्नथालेको समाचार प्रकाशमा आईरहेका छन् । तीव्र गतिमा बढिरहेको कोरोना संक्रमण भारतको उत्तर प्रदेशसम्म फैलिएको छ भने यो उत्तरको छिमेकी नेपालमा प्रवेश गर्न कुनै समय लाग्ने छैन ।

हङकङ र सिंगापुरपछि भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेकोमा भारतमा मात्र बिरामीको संख्या १००० नाघेको छ। राजधानी नयाँदिल्लीमा १०४ सक्रिय केसहरू फेला परिसकेका छन् । चिकित्सकहरुले यो संख्यालाई डरलाग्दो भनेका छन् ।
 
एक हप्तामा ९९ जना संक्रमित भएका फेलापरेपछि देशका बाँकी राज्यहरूमा कोरोनाको असर बढ्ने भयले सबैलाई चिन्तित तुल्याएको छ ।

केरलामा सबैभन्दा धेरै केसहरू छन् । यस पटक, केरला कोरोना संक्रमितहरूको हिसाबले अग्रणी छ। यहाँ कुल सक्रिय केसहरू बढेर ४३० पुगेका छन्। स्वास्थ्य मन्त्रालयले अनुसन्धानलाई तीव्र बनाउन निर्देशन दिएको छ।

यसैगरी आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार महाराष्ट्रमा कोरोनाका २०९ सक्रिय केसहरू भेटिएका छन्। यी राज्यहरूपछि गुजरातमा ८३, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५ र पश्चिम बंगालमा १२ संक्रमण देखिएको छ।  

भारत सहित एसियाका ३ देशमा कोरोनाको बढ्दो प्रभावले जनजीवन त्रसित बनाएको छ । हङकङ र सिंगापुरलाई उच्च सतर्कतामा राखिएको छ। भारतमा पनि यो तथ्याङ्क द्रुत गतिमा बढिरहेको छ।

दुई एसियाली देश हङकङ र सिंगापुरमा कोरोना भाइरसका घटनाहरू तीव्र गतिमा बढिरहेका बेला, भारतमा पनि अब डरलाग्दो तथ्याङ्कहरू देखा पर्न थालेका छन्। यो तथ्याङ्कले फेरि एक पटक सम्पूर्ण विश्वलाई चिन्तामा पारेको छ।

सिंगापुरमा केसहरूको संख्यामा २८५ वृद्धि भएको छ भने हङकङमा एक हप्तामा ३१ गम्भीर केसहरू रेकर्ड गरिएका छन्।

कोभिड(१९ का अनुमानित केसहरूको संख्या १४ हजार २०० पुगेपछि सिंगापुरलाई उच्च सतर्कतामा राखिएको छ। अस्पताल भर्ना हुनेको संख्यामा पनि लगभग ३० प्रतिशतले वृद्धि भएको छ। (एजेन्सीहरुबाट)

प्रतिक्रिया