प्रदेश संरचनाको देशमा सुशासन आवश्यक छ : तामाङ

मकवानपुर । बागमती प्रदेशसभा राप्रपा सदस्य डम्बर तामाङले प्रदेश संरचनाको देशमा सुशासन आवश्यक रहेको बताएका छन् ।

बसेको प्रदेश सभाको बैठकमा बोल्नुहुँदै उनले यस्तो बताएका हुन्। उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए । उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, आपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताए । सांसद तामाङले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए। शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताए ।
 

प्रतिक्रिया