चीनमा एकैवर्षमा डेढ अर्ब मानिसले संग्रहालय अवलोकन गरे

काठमाडौं । चीनका संग्रहालयहरुमा गत एक वर्षमा मात्र डेढ अर्ब मानिसहरुले अवलोकन गरेका छन् ।

राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनले गत वर्ष चीनभरका संग्रहालयहरूले ४३ हजार प्रदर्शनीहरू र ५ लाख ११ हजार शैक्षिक कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । जसमा कुल १ अर्ब ४९ करोड मानिसहले अवलोकन गरेका थिए।

आज आईतबार बेइजिङको ग्रान्ड क्यानल संग्रहालयमा अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आयोजित कार्यक्रममा यी तथ्याङ्कहरू सार्वजनिक गरिएका हुन् ।

सन् २०२४ भरि चीनमा २१३ संग्रहालयहरू नयाँ दर्ता भएका छन्, जसले गर्दा देशमा कुल संग्रहालयहरूको संख्या ७ हजार ४६ पुगेको प्रशासनले उल्लेख गरेको छ।

सिन्ह्वा समाचार संस्थाका अनुसार, चीनले आफ्नो निशुल्क प्रवेश नीति लागू गरेको छ भने ९१ प्रतिशतभन्दा बढी संग्रहालयहरूले यो नीति कार्यान्वयन गरेको जनाईएको छ ।

प्रतिक्रिया