१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन् । उनले भने, ‘१६औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ । एकातिर हामीले योजना बनाउने, काम चाँही अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन ।  अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौं । त्यसैले  हामीले  यसलाई आधार मानेर जान सक्नुपर्छ ।’  साथै, उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए । उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे । उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।

उनले भने, ‘मानव सूचांकको  आधारमा चाँही हामीले बजेट विनियोजन गर्नुपर्छ । जसले गर्दा विगतमा पनि सबैको असन्तुष्टि रह्यो । हाम्रो मधेस प्रदेश शिक्षामा सबैभन्दा पछाडि छ र गरिबीमा कर्णाली पछि दोस्रो पनि मधेश प्रदेश नै छ । यो  मानव सूचांकको आधारमा यसपटक चाँही हाम्रो सरकारले बजेट विनियोजन गरोस् ।’

प्रतिक्रिया