प्रधानमन्त्रीको भारत भ्रमण अघि दिल्लीमा आरजु राजनीतिक भेटवार्तामा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् ।

भारत भ्रमणमा रहेकी राणाले आइतबार भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको पुस अन्तिम साता भारत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ गुजरातको गान्धिनगरमा पुस २६ देखि २८ सम्म हुँदैछ । त्यही सम्मेलनमा भाग लिन प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका हुन् । यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यसबेला प्रधानमन्त्री पत्नी राणाले उनलाई राखी बाँधिदिएकी थिइन् ।
 

 

प्रतिक्रिया